रास्वपाको अनुशासन आयोगका उपप्रमुखले दिए पदबाट राजीनामा


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

उपप्रमुख न्यौपानेले दशैंअघि नै पदबाट राजीनामा दिएका हुन् ।

न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको रास्वपा स्रोतले बतायो।

पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएको बुझिएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्