माइती नेपालको प्रतीक्षालयमा एक पुरुष मृत फेला


 


काठमाडौं । गोकर्णेश्वरस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

नाम नखुलेका अन्दाजी ५० वर्षीय पुरुष गोकर्णेश्व नगरपालिका-४ गोकर्णमा मृत भेटिएका हुन् ।

माइती नेपालको प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्