सुनको मूल्यमा अर्को नयाँ किर्तिमान


 


काठमाडौं, कार्तिक १ । सुनको मूल्यले अर्को नयाँ किर्तिमान राखेको छ ।

विहिबार सुन तोलामा ६ सय बढ्दै अहिलेसम्मकै उच्च तोलाको १ लाख ६२ हजार ४ सय पुगेको छ ।
यसअघि सुनको मूल्य तोलाको १ लाख ६१ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्