प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग
काठमाडौं, कार्तिक १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ ।
रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै विशेष अधिवेशन बोलाउन माग गरेको हो । विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकार चुकेको ठहर गर्दै तमाम विषयमा छलफलका लागि विशेष अधिवेशन बोलाउनुपर्ने रास्वपाका माग छ ।
रास्वपाले सुशासन, नागरिक केन्द्रित सेवा प्रवाहमा सुधार र संविधान संशोधनको मुद्दामा घोषित प्रतिबद्धता पूरा गर्न प्रयाससमेत नगरेको रास्वपाको आरोप छ ।
प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार