दुर्घटनामा दुई जनाको मृत्यु


 


काठमाडाैं, माघ २२

ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। ललितपुरको धोविघाटमा बा १ ख १२९ नम्बरको बसले ठक्कर दिँदा ललितपुर ठाडो ढुंगाका ६५ बर्षीय बलबहादुर तोलांगीको मृत्यु भएको हो। शुक्रबार बेलुकी ठक्करबाट गम्भीर घाइते भएका तोलांगीको उपचारका क्रममा मेघा अस्पताल सानेपामा मृत्यु भएको हो।

ठक्करबाट स्थानीय ५० वर्षीय राजेश्वर मगर घाइते भएको र उनको मेघा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेका छन्। यस्तै भक्तपुरको घलाँतेमा शनिबार विहान नम्बर नखुलेको ट्रिपरले ठक्कर दिँदा स्थानीय ८४ बर्षीय मुक्ति सुवालको मृत्यु भएको छ। ठक्करबाट घाइते सुवालको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्