पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना


 


काठमाडौँ, कार्तिक १ । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जसले गर्दा केही पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा केही स्थानमा आंशिक देखि साधारणतया मौसम बदली रहेको छ ।

देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।

गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्