४३ अंकले नेप्से बढ्दा ५ अर्ब ६६ करोडको कारोबार


 


काठमाडौं । सेयर बजार परिसूचक नेप्से ४३.२२ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा कायम भएको हो।

कारोबारका क्रममा साढे १ बजे बजार अधिकतम २७४८ अंकसम्म पुगेको थियो। त्यस्तै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको भयो।

कुल २०६ कम्पनीको मूल्य बढ्दा ३५ को घट्यो भने ३ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचक बढेका छन् ।

व्यापार समूह सबैभन्दा धेरै ३.४४ प्रतिशत बढ्यो । साल्ट ट्रेडिङको मूल्य ३.८४ प्रतिशतले बढ्दा समग्र समूह उठ्यो ।

यो समूहमा विशाल बजार र साल्ट ट्रेडिङ गरी दुई कम्पनी मात्रै सूचीकृत छन् ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक, गुडविल फाइनान्स र एचआईडीसीएल प्रमोटर सेयर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्