जम्मु कश्मीरको मुख्यमन्त्रीमा उमर अब्दुल्ला


 


एजेन्सी । जम्मु कश्मीरका मुख्यमन्त्री नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले शपथ लिएका छन्।

योसँगै ५४ वर्षीय अब्दुल्लाले दोस्रो पटक जम्मु कश्मीरको कमान्ड सम्हालेका हुन् ।

हालै सम्पन्न विधानसभा निर्वाचनमा नेसनल कन्फ्रेन्स पार्टीले ९५ सिटमध्ये ४२ सिट जितेको थियो।

नेशनल कन्फ्रेन्सको सहयोगी कांग्रेसले पनि ६ सिट जितेको छ । गठबन्धनले बहुमतको आँकडा पार गरेको छ ।

यस्तो अवस्थामा उमर अब्दुल्लालाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

यसअघि सन् २००९ मा उमर अब्दुल्ला कांग्रेस–एनसी गठबन्धनमा जम्मू–कश्मीरको मुख्यमन्त्री पनि थिए।

बुधबार अब्दुल्लाले जम्मू कश्मीरको मुख्यमन्त्रीको शपथ लिए। अब्दुल्लाहसहित ६ जना विधायकले मन्त्रीको शपथ लिएका छन्।

नेशनल कन्फ्रेन्सका विधायक सुरिन्दर चौधरी, सतीश शर्मा, जावेद अहमद डार, सकिना इतु, जावेद राणाले मन्त्रीको शपथ लिएका छन् ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्