विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार


 


विराटनगर । विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार भएको छ ।

मुन होटलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो। उनीमाथि दुई युवाले खुकुरी प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर उपमहानगरपालिका-१० स्थित लालिगुराँस चोकमा भगतमाथि खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट भगतको देब्रे हात र शरीरका अन्य विभिन्न ठाउँमा चोट लागेको छ।

विराटनगर ९ का सावन दास र विनोद रायले भगतमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्