लोकसेवाले खोल्यो अधिकृतदेखि सहसचिवसम्म दरखास्त आह्वान


 


काठमाडौँ, असोज ३० । लोकसेवा आयोगले अधिकृतदेखि सहसचिवसम्म दरखास्त आह्वान गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको हो ।

आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्