सामान्य विवाद हुँदा श्रीमतीको हत्या


 


झापा । झापामा सामान्य विवाद हुँदा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–३, दार्जिलिङ डाँडामा आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेका हुन् ।

चौहानको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान् वीरबहादुर चौहानलाई पक्राउ गरेको छ। विवाद हुँदा उनले श्रीमतीलाई फलामको दाउले घाँटीमा प्रहार गरेका थिए ।

त्यसक्रममा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो भने वीरबहादुर त्यहाँबाट फरार भएका थिए ।

उनी भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको टोली खोजीमा परिचालित भएको थियो ।

खोजी गर्ने क्रममा उनलाई अर्जुनधारा नगरपालिकाकै जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय, अनारमनीमा राखेर थप अनुसन्धान थालिएको छ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्