उत्तरी लेबनानमा इजरायलले हवाई आक्रमण गर्दा २१ जनाको मृत्यु


 


एजेन्सी । उत्तरी लेबनानमा इजरायली हवाई हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

अन्य आठ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको उसको दाबी छ । यस क्षेत्रमा अधिकांश क्रिस्चियनहरू बसोबास गर्छन् ।

द्वन्द्वका कारण विस्थापित परिवार यस गाउँमा बस्दै आएका थिए ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्