जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ, ५ लाख ३० हजार बरामद
झापा । झापाको शिवसताक्षी नगरपालिका ९ बाट नगदसहित जुवाडे पक्राउ परेका छन् ।
विनोद खरेलको घरमा रहेको सगरमाथा होटलबाट खरेलसहित १२ जनालाई पाँच लाख ३० हजार नगदसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा शिवसताक्षी ६ का मिलन भण्डारी, वडा नम्बर ९ का दीपक तामाङ, वडा नम्बर ६ का नवीन तिम्सिना, वडा नम्बर ९ का प्रकाश लिम्बु, भीमबहादुर भण्डारी र दिनेश बाराकोटी रहेका छन् ।
यस्तै, वडा नम्बर ११ का नरेन्द्र विश्वकर्मा, लोकबहादुर विश्वकर्मा, वडा नम्बर ९ का खगेन्द्र उप्रेती, सौगात मैनाली र भारत कलकत्ताका परिदोश पल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार