खोटाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प


 


खोटाङ । खोटाङमा गएराति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर ३२ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कुबिन्डे भन्ने स्थानमा रहेको हो ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

नेपालका विभिन्न स्थानमा बेलाबेला भूकम्प जाने क्रम जारी छ ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्