वायु प्रदुषण नियन्त्रणका लागि नयाँदिल्लीमा आतिशबाजी प्रतिबन्ध


 


एजेन्सी । वायु प्रदुषण नियन्त्रणका लागि नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध लगाइएको छ । सोमबार प्रशासनले उक्त प्रतिबन्ध लगाएको हो ।

दीपावलीमा पटाकाको प्रयोग अत्यधिक हुने गरेको छ। भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाएको थियो।

दिल्ली प्रदूषण नियन्त्रण समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।’

उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हितको लागि उक्त निर्णय गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्