ताइवान वरपर चीनको सैन्य अभ्यास


 


बेइजिङ । चिनियाँ सेनाको पूर्वी कमाण्डले सैन्य अभ्यासको भिडियो सार्वजनिक गरेको छ । यो ताइवान वरपर आयोजित सैन्य अभ्याससँग सम्बन्धित छ।

यस भिडियोमा बेइजिङको सैन्य शक्ति, युद्धपोत, लडाकु विमान, बख्तरबंद सैन्य सवारी साधन र मिसाइल लन्चरहरू देखाइएको छ। ग्लोबल टाइम्सको रिपोर्ट अनुसार भिडियोमा चिनियाँ सेनाको पूर्वी कमाण्डको तयारी देखाइएको छ । चिनियाँ सेना युद्धको स्थितिको सामना गर्न कत्तिको तयार छ र यसको क्षमता कस्तो छ भन्ने भिडियोमा देखाइएको उल्लेख छ ।

यता, ताइवान वरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासप्रति ताइवानले प्रतिक्रिया दिएको छ। ताइवान राष्ट्रपति विलियम लाइको कार्यालयबाट एक विज्ञप्ति जारी गरिएको छ। लाइको कार्यालयले भन्यो, “चीनले ताइवानी जनताको स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीको सम्मान गर्नुपर्छ र आफ्नो सैन्य आक्रमण रोक्नु पर्छ।”

यसले ताइवानको सिमानाको दुवै छेउमा शान्ति र स्थायित्व कायम राख्नु साझा जिम्मेवारी भएको पनि बताएको छ। ‘हाम्रो सरकार हाम्रो संवैधानिक प्रणालीको लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न प्रयासरत रहनेछ। हामी हाम्रो राष्ट्रिय सुरक्षा कायम गर्नमा विश्वस्त र सक्षम छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यालयले ताइवान वरपर चीनको सैन्य अभ्यासको निगरानी गरिरहेको बताएको छ। अमेरिकी प्रशासनले लाइको नियमित भाषणपछि यस्तो अभ्यासको कुनै औचित्य नरहेको बताएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्