दिव्या र करण आमने सामने !


 


काठमाडौँ, असाेज २८ गते । बलिउडका चर्चित फिल्म निर्माता-निर्देशक करण जोहर र टी-सिरिजका मालिक भूषण कुमारकी पत्नी एवम अभिनेत्री दिव्या खोसला कुमार आमने सामने भएका छन् ।

करण र दिव्याबीच अहिले भएको विवाद आलिया भट्ट स्टारर फिल्म जिग्रा रिलिज भएदेखि शुरु भएको हो ।

वास्तवमा, दिव्याले करण जोहरले आफ्नो फिल्म सावीको नक्कल गरेर जिग्रा बनाएको आरोप लगाएकी छिन् ।

स्क्रिप्ट चोरेको आरोप लगाउँदै दिव्याले जिग्रा रिलिज भएका थिएटरको तस्विर शेयर गर्दै दर्शक नभएको उल्लेख गरेकी थिइन् ।

उनले जिग्राको अहिलेको कलेक्सन नक्कली भएको समेत बताएकी छन् । यसपछि करण जोहरले एक पोस्ट सेयर गर्दै दिव्याको नाम नलिइकन उनलाई मूर्ख भनेका थिए ।

प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्