बलात्कार आरोपमा स्याङ्जाबाट एक जना पक्राउ


 


स्याङ्जा । अपाङ्गता भएकी ३० वर्षिया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिनास गाउँपालिका–४ का ४५ वर्षीय टुकबहादुर थापा रहेका छन्।

असोज २५ गते साँझ ५ बजेको समयमा अपाङ्ग ती युवतीलाई फकाई फुलाई थापाले जङ्गलमा लगेर जबरजस्ती करणी गरेको पीडितका आफन्तले जिल्ला प्रहरीमा बयान दिएका छन् ।

धम्काएर जबरजस्ती करणी गरेको थापालाई सोही दिन पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्