पहिरोमा ६ खेलाडीको ज्यान गएको घटनाबारे छानबिन गर्न कमल थापाको माग


 


काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पहिरोमा पुरिएर ६ जना खेलाडीको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमार्फत सरकारसँग यस्तो माग गरेका हुन्।

उनले लेखेका छन्, ‘एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुःखद निधन भयो। कमसेकम सरकारले छानविन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु। यस तर्फ प्रम केपी ओलीको ध्यान आकर्षित गर्दछु।’

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर ६ किशोर खेलाडीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्