किमाथाङ्का–जोगवबनी सडक निर्माण तीव्र गतिमा अघि बढाइने


 


सङ्खुवासभा, माघ २१

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले किमाथाङ्का–जोगबनी सडक निर्माण तीव्र गतिमा अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ ।

मन्त्री लेखकले मित्र राष्ट्र भारत र चीन जोड्ने यो सडक निर्माण गर्न सकेमा देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउँदै किमाथाङ्का–जोगबनी सडक निर्माण तथा लेगुवा–तुम्लिङटार सडक कालोपत्रे गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउन आफू क्रियाशील भएर लागेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सङ्खुवासभाद्वारा खाँदबारीमा आयोजित सभालाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले आफ्नो मन्त्रालयले हरेक जनताका लागि दुई वर्षभित्र आधारभूत खानेपानी सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्