महिला टी-२० विश्वकप : भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा


 


काठमाडौं । भारत आईसीसी महिला टी–२० विश्वकपबाट बाहिरिएको छ ।

आइतबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ९ रनले पराजित भएसँगै भारतको सेमिफाइनलमा पुग्ने सम्भावना पनि समाप्त भएको हो ।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५१ रन बनायो। १५२ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो ।

अस्ट्रेलियाले लगातार नवौं पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आज न्युजिल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ । न्युजिल्याण्डले जिते सेमिफाइनल पुग्नेछ ।

प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्