ओसामाबिन लादेनका छोरालाई देशनिकाला


 


फ्रान्सले आतंकबादी नेताका रुपमा परिचित ओसामाबिन लादेनका छोरा ओमर बिन लादेनलाई देशनिकाला गरेको छ ।

बीबीसीका अनुसार फ्रान्सका गृहमन्त्री ब्रुनो रितेयूले केही दिन अघि यो आदेशमा हस्ताक्षर गरेका थिए । अब उमर बिन लादेनका लागि फ्रान्स प्रवेश संधैका लागि अन्त गरिएको छ ।

४३ वर्षीय ओमर फ्रान्समा विगत ७ वर्षयता बस्दै बएका थिए। उनि २०१६ मा फ्रान्स गएका थिए । उनले ब्रिटिश नागरिक जैना मोहम्मद अल–सबा सँग बिहे गरेका थिए । जसका कारण उनलाई फ्रान्समा बस्नका लागि अनुमति मिलेको थियो । उनी फ्रान्समा पेन्टिङ गरेर आफ्नो जीवन यापन गर्दै आएका थिए ।

उनले गत वर्ष आफ्ना बुबा ओसामा बिन लादेको जन्मदिनमा एक पोस्ट गरेका थिए । त्यसपछि उनलाई फ्रान्समा बस्नका लागि दुई वर्षको परमिट रद्द गरिएको थियो ।

ओमरबिन लादेन ओसामा बिन लादेनका चौंथो सन्तान हुन् । २०११ मा पाकिस्तानमा ओसामाबिन लादेनको मृत्यु भएको थियो । उनको शब समुन्द्रमा फ्याँकीएको दाबी अमेरिकाले गरेको थियो ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्