एमाले सचिवालय बैठक बस्दै


 


काठमाडौँ, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।

बैठक आज (बिहीबार) पौने १२ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा दसैँको शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकालगायतका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्