पोखरामा राँगोले हानेर एक जनाको मृत्यु


 


पोखरा, असोज २४ । पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ ।

पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए ।

सिर्जना बोर्डिङ स्कुल र जनचेतना माविका शिक्षक समेत रहेका ३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए ।

राँगोले हानेर उनको शव क्षतविक्षत अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । मंगलबार नै शवको पोस्टमार्टम गरी अन्त्येष्टि समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित मिति: २४ आश्विन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्