गुल्मीमा जिप दुर्घटना हुँदा १५ जना घाइते


 


बुटवल । बुटवलबाट गुल्मीको शान्तिपुर जाँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

गुल्मीको सत्यवती गाउँपालिका–१ रुद्रवेणी नजिकै लु१ज २०८८ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा १५ जना घाइते भएको र एक जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर, ११ जनाको मध्यम र ३ जनाको सामान्य रहेको छ ।

घटनामा बाग्लुङको बरेङ गाउँपालिका–३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते सबैको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि रिफर गरिएको छ।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्