राष्ट्रपति पौडेलद्धारा नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

बुधबार राष्ट्रपति पौडेलले उक्त विधेयकको प्रमाणीकरण गरेका हुन् ।

संघीय दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि उक्त विधेयक पेश भएको थियो।

पेश भएको विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्