दशैं मनाउन उपत्यकाबाट दैनिक एक लाख मानिस बाहिरिँदै


 


काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन्।

उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको हो ।

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार र मंगलबारको तुलनामा सोमबार र आज यात्रा गर्नेको सङ्ख्या बढेको प्रहरीले जनाएको छ । दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौंडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्