भारतीय स्कर्पियोमा १ सय २० किलो गाँजासहित दुई पक्राउ


 


राजविराज, असोज २३ । सप्तरी प्रहरीले कञ्चनरूप नगरपालिका–७ बाट मंगलबार भारतीय नम्बर प्लेटको स्कर्पियोबाट एक सय २० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

कञ्चनरूप–७ स्थित प्रहरी चौकी धरमपुरको टोलीले फत्तेपुरदेखि कञ्चनपुर तर्फ आउँदै गरेको सेतो रंगको बीआर ०७ बीए ४५७८ नम्बरको सेतो स्कर्पियो जाँच गर्दा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले स्कर्पियो चालक सिरहा भगवानपुर गाउँपालिका–४ का चन्देश्वर चौधरी र सहचालक भगवानपुर–२ का रामदुलार यादवलाई पक्राउ गरेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्