इटहरीमा एक महिला घाँटी रेटिएको अवस्थामा फेला


 


झापा, असोज २३ । सुनसरीको इटहरी–५ मा एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् ।

इटहरी– ५ शितल नगर टोल घर भएकी ३९ वर्षीया निलु रसाइली (रायमाझी) आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा मंगलबार साँझ फेला परेकी हुन् ।

उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिए पनि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । उनले आफैले चक्कुले घाँटी रेटेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्