श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको श्रीमान पक्राउ


 


उदयपुर, असोज २३ । उदयपुरको त्रियुगामा श्रीमतीको टाउको काटी बोकेर हिँड्दै गरेको अवस्थामा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेका २८ वर्षीया प्रमिला लामाको टाउको काटेर बोकेर हिँड्दै गरेको अवस्थामा श्रीमान ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङलाई प्रहरील मंगलबार साँझ पक्राउ गरेको हो ।

सामान्य विवादमा नै तामाङले श्रीमतीलाई धारिलो हतियार खुकुरी प्रयोग गरी घाँटी काटेको पाइएको इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरिहरनाथ योगीले बताए ।

ताप्ली गाउँपालिका–४ थानागाउँ स्थायी घर भई उनीहरू त्रियुगा नगरपालिका–६ जलजलेस्थित वडा कार्यालय नजिकै शम्शेर तामाङको घरमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका थिए ।

प्रहरीले तामाङलाई हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्