बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग


 


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागिप्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो ।

मुलुकलाई विपत्ति आइलागेको अवस्थामा बैंकले विगतदेखि नै सहयोग गर्दै आएको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्