धौलागिरिमा हराएका पाँच रूसी नागरिकको मृत्यु


 


म्याग्दी । धौलागिरी हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मृत भेटिएका छन्।

धौलागिरी हिमालको हाइक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसियाका आरोहीहरूको शव सात हजार एक सय मिटरको उचाइमा भेटिएको हो।

रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

हाइक्यापमा बास बसेर त्यहाँदेखि माथि जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका पर्वतारोहीहरूको हेलिकोप्टरमार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन्।

घटनास्थलबाट हेलिकोप्टरमार्फत शव ल्याउने तयारी भएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्