आज २७ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से


 


काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक २७.२९ अंकले घटेर २६६३.३२ अंकमा अडिएको हो।

यसदिन ३०० कम्पनीको एक करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँमा कारोबार भयो।

मंगलबार नेप्सेमा साढे ४ अर्ब माथिको कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको २७ करोड १८ लाखको कारोबार भएको छ ।

त्यस्तै नेपाल फाइनान्सको २३ करोड ९७ लाखको सेयर किनबेच हुँदा हिमालयन रिइन्स्योरेन्सको १३ करोड ७७ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २४४ सूचीकृत धितोपत्रको किनबेच हुँदा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ३५ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्