अर्थतन्त्र सुधारका लागि पूर्वअर्थ सचिव खनाल नेतृत्वमा आयोग गठन


 


काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्र सुधारका लागि रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन्।

आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्