नेपाल प्रहरीका तीन एसएसपीको सरुवा, दिल्ली दूतावासको जिम्मेवारी सन्जीवलाई


 


काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ।

गृहमन्त्रीस्तरीय निर्णयबाट आज तीन एसएसपीहरुको सरुवा गरिएको हो।

गृह मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा दासलाई पठाएको छ । यसअघि दास प्रदेश समन्वय विभागमा कार्यरत थिए।

दिल्ली दूतावासमा रहेका उमाप्रसाद चतुर्वेदीको भने काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।

त्यसैगरी प्रहरी हेडक्वाटरको कार्य विभागमा रहेका एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्ज पठाइएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्