इजरायलको ग्राउन्ड अपरेसन जारी, तटीय क्षेत्र छाड्न अपिल


 


एजेन्सी । इजरायलले लेबनानको दक्षिणी तटीय क्षेत्रमा अपरेसन शुरू गर्ने भएको छ । इजरायली सेनाले लेबनानका नागरिकहरूलाई समुद्र किनारबाट टाढा रहन आग्रह गरेको हो।

माछा मार्ने व्यक्तिहरूलाई समेत भूमध्यसागरमा ६० किलोमिटरभन्दा पर नजान चेतावनी दिइएको छ ।

इजरायली सेनाले सोमबार एक घण्टाभित्र दक्षिण लेबनानमा हिजबुल्लाहका १२० भन्दा बढी अखडालाई निशाना बनाइएको बताएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणमा कम्तीमा १० जना दमकलकर्मीहरूको मृत्यु भएको छ । साथै, अझै पनि धेरै व्यक्तिहरू भग्नावशेषमा फसेका छन् ।

दक्षिण लेबनानमा इजरायलको ग्राउन्ड अपरेसन पनि जारी छ । यसक्रममा सोमबार २ इजरायली सैनिकको मृत्यु भएको छ । लेबनानमा हालसम्म ११ जना इजरायली सैनिकको ज्यान गएको छ ।

त्यसैगरी, हिजबुल्लाहले सोमबार लेबनानबाट १९० वटा रकेट प्रहार गरेको इजरायली सेनाले बताएको छ । यसमा कम्तीमा ९ जना घाइते भएका छन् ।

साथै, आधारभूत सेवाहरूमा समेत क्षति पुगेको छ। हिजबुल्लाहले राजमार्ग र सर्वसाधारणहरूको घरमा सोझै आक्रमण गरेको इजरायलको आरोप छ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्