जापान पठाइदिने भन्दै २ लाख ठगी गर्ने पारस पक्राउ


 


काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाउने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भएर काठमाडौं बस्ने २८ वर्षीय पारस कार्की रहेका छन्।

उनले जापान पठाउँछु भनेर दुई जनासँग २ लाख २५ हजार रकम असुलेर सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।

उनलाई शंखमुलबाट पक्राउ गरेर कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्