अत्तरियामा भ्यान दुर्घटना, चालक फरार


 


धनगढी, असोज २२ । कैलालीको अत्तरियामा डिभाइडरमा ठोक्किएर भ्यान दुर्घटना भएको छ।

गराति ३ बजेको समयमा अत्तरिया चोक नजिकै सुदूरपश्चिम प्रदेश ०२००१ ज ०५४४ नम्बरको भ्यान दुर्घटना भएको ट्राफिक प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

भ्यानमा चालक मात्रै रहेकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। भ्यान दुर्घटना भएपछि चालक फरार रहेका छन् भने उनको खाजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्