दैलेखमा हाईस दुर्घटना हुँदा एक युवकको मृत्यु


 


सुर्खेत, असोज २२ । दैलेखमा हाईस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।

जिल्लाको चामुण्डाबिन्द्रसैनी नगरपालिका–१ का २२ वर्षीय युवा प्रकाश बुढाको मृत्यु भएको हो ।

सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको हाईस (एसएमएल) सोमबार राति ९ बजेतिर दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

२३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्