मेलम्चीको पानी आजैदेखि काठमाडौँ पुग्ने


 


काठमाडौं, असोज २२ । मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ ।

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।

दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेको थियो ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं आउने भएको हो ।

सहमतिसँगै मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने प्रक्रिया मंगलबारदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्