मध्यपूर्वको तनावले तेलको मूल्य बढ्यो


 


काठमाडौं, असोज २२ । मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमै तेलको मुल्य बढेको छ ।

मध्यपूर्वमा भइरहेको लडाइँ थप फैलिने डरले लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको बताइएको छ ।
लन्डनमा तेलको मूल्य दुई दशमलव छ प्रतिशतले बढेर प्रतिब्यारेल ८० दशमलव एक शून्य डलर पुगेको थियो ।

यस्तै अमेरिकामा दुई दशमलव आठ पाँच प्रतिशतले बढेर तेलको मूल्य ७६ दशमलव पाँच एक डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य १० प्रतिशतसम्म बढेको थियो ।

इजरायलले गएको हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको छ । यससंगै तेल प्रशोधन केन्द्रहरूमा आक्रमण र विस्फोटका घटना हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्