प्रभु समुहद्धारा बाढी पिडीतलाई १ करोड भन्दा बढी सहायोग


 


काठमाडाैं । प्रभु समुहले बाढी पिडीतलाई १ करोड भन्दा बढी सहायोग गरेको छ ।

प्रभु समुह अन्र्तगतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्स लिमिटेडले बाढी पिडीतलाई १ करोड ७५ हजार सहायोग गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच प्रभु समुहका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री के.पीे. शर्मा ओलीलाई चेक हस्तान्तरण गरेका छन् ।

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने समुहको अपेक्षा रहेको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्