लहडमा नीति बनाउनु हुँदैन : अध्यक्ष ढकाल


 


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरू बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताए । उनले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरू लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताए । उनले अनुगमनको हिसाबले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उल्लेख गरे ।

उनले भने, ‘हामीले नीति बनाउँदा दीर्घकालीन फाइदा दिने बनाउनु पर्छ । कतिपय चिजहरू अनुगमनको हिसाबले मात्र राजश्व बढ्छ भन्ने हुँदैन ।’

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्त्वपूर्ण रहेको बताए । स्थिर नीति हुँदा व्यवसायहरू पनि फस्टाउने उनले बताए । उनले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिनसके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताए ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्