प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्नेछ ।

मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्