सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

जसअनुसार सोमबार छापावाल सुनको मूल्य १ लाख ६० हजचार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार ६०५ रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने तोलामा १ हहजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी १ हजार ९८५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्