हमास–इजरायल युद्धको एक वर्ष : ४१ हजारभन्दा बढीको मृत्यु


 


काठमाडौँ, असोज २१ । जरायलले हमासमाथि आक्रमण गरेको आज एक वर्ष भएको छ । गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गरेको थियो । सो आक्रमणमा १ हजार १ सय ३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाएको थियो ।

हमासले गरेको आक्रमणको बदला लिन इजरायलले सुरु गरेको आक्रमणमा हालसम्म ४१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इजरायलले गाजामाथि आक्रमण अझै पनि जारी राखेको छ ।

एक वर्षको अवधिमा इजरायलले हमासका प्रमुख इस्माइल हानिया र हिजबुल्लाहका प्रमुख सयैद हसन नसरल्लाहसहित अन्य शीर्ष नेताहरूको पनि हत्या गरेको छ ।

हमासलाई युद्धमा सहयोग गर्ने र समर्थन गर्नेमाथि पनि पछिल्लो समय इजरायलले आक्रमण सुरु गरेको छ । इजरायलले हमास र हिजबुल्लाहको अन्त्य नभएसम्म युद्ध जारी रहने बताएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्