सावित्री कञ्चनजंगा अगरबत्तीद्वारा सुपथ मूल्य पसल सञ्चालन


 


काठमाडौं, असोज २० । सावित्री कंचनजंगा अगरबत्ती उद्योगले बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

कम्पनीले कालीमाटीसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट सावित्री कंचनजंगाका ब्रान्डका सामानहरू खरिद गर्दा विशेष छुट पाइने कम्पनीका जनरल म्यानेजर पुष्कर केसीले जानकारी दिए ।

कम्पनीले आफ्ना ग्राहकहरूको सहजताको लागि उक्त पसल सञ्चालनमा ल्याएको जनाएको छ । साल्ट ट्रेडिङले चाडपर्व लक्षित सञ्चालन ल्याएको उपत्यकाभित्रका अधिकांश सहुलियत पसलमासमेत सावित्रीका ब्रान्ड उपलब्ध रहेको केसीले बताए । उनका अनुसार कंचनजंगाको यी सुपथ मूल्यका पसलहरू छठसम्म सञ्चालनमा हुनेछन् ।

कम्पनीले दशैं लक्षित उपत्यकाकामा वर्षेनी सहुलियत पसल सञ्चालन गर्दै आएका छ । आगामी दिनमा भने उपत्यकाका बाहिर पनि यस्तो पसलको सञ्चालन गर्ने केसीको भनाइ छ ।

हाल उक्त कम्पनीले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ । यो सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्रान्डको रूपमा स्थापित छ ।

नेपालमा नम्बर वान सावित्री कंचनजंगा अगरबत्ती गुणस्तरीय हुनुका साथै आम उपभोक्ताबिच निकै लोकप्रिय छ । यस्तै, उक्त ब्रान्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनामलगायतका देशमा पनि निर्यात हुँदै आएका कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्