पाँच दिनमा कतिले छाडे काठमाडौं ?


 


पछिल्लो पाँच दिनमा तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छोडेका छन्। उनीहरू दसैं मनाउन गाउँ फर्केका हुन्।

गत साताको वर्षाले त्रिभुवन राजपथ लगायतमा खसेका पहिरो हटाइएको थियो। बाढीपहिरोले बिगारेका सडक मर्मत गरेसँगै काठमाडौंबाट बाहिरिनेको संख्या पनि बढेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले उपत्यका छाड्ने मानिसहरूको संख्या बढ्दो रहेको बताए। तर विगतका वर्षहरूमा भन्दा यसपालि कम मानिस उपत्यका छाडेको देखिएको उनले बताए। गत वर्ष सोही अवधिमा ८/१० लाख जनाले उपत्यका छोडिसक्थे।

यसवर्ष बाढीपहिरोले जताजतै सडक अवरोध भइरहने र वर्षा हुने भनिएकाले उपत्यका बाहिरिनेको संख्या कम छ। केही दिनमा उपत्यका छाड्नेको संख्या थप बढ्नेछ।अझैपनि कतिपय सडक पहिरोलगायतले अवरूद्ध छ। सुख्खा पहिरो खसेका छन्। पानी पर्ने सम्भावनाका पूर्वानुमान भइरहेका छन्।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्