न्यायपालिका लयमा फर्कियो, अब समृद्ध बनाउने प्रयत्न हुन्छ : प्रधानन्यायाधीश राउत


 


काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अबको न्यायपालिका गरिमामय हुने दाबी गरेका छन् ।

आइतबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेपछि पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश राउतले न्यायालय लयमा फर्किएको दाबी गरेका हुन् ।

उनले न्यायपालिका लयमा फर्कन सर्वोच्चमा रहेका न्यायाधीश र कर्मचारीहरूको संयुक्त प्रयासले सम्भव भएको बताए । अब न्यायालयले फड्को मार्ने उनको भनाई छ ।

“अबको न्यायालय एकदम गरिमाय हुनेछ । समृद्ध बनाउने प्रयत्न हुन्छ, मर्यादायुक्त हुन्छ,” पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश राउतले भने, “निष्ठाले ओतप्रोत न्यायाधीशहरूको टिमले भोलिका दिनमा आफ्ना कामद्वारा प्रश्नहरूको जवाफ दिनुहुनेछ ।”

आफूसँग सक्षम न्यायाधीश र कर्मचारीको टिम रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्