बाढीपीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस र एमालेले दिए ५०/५० लाख


 


काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५०/५० लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख पार्टीका सांसदहरूको आधा महिनाको पारिश्रमिकसमेत हस्तान्तरण गरेको हो।

पार्टी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ३४ बुँदे सुझाव पत्रसहित चेक हस्तान्तरण गरहेका हुन्।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए।

यसैबीच प्रधानमन्त्री उद्धार कोषमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पचास लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले उक्त चेक हस्तान्तरण गरेका हुन्।

प्रकाशित मिति: २० आश्विन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्